No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेकपा एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

0

काठमाडौँ । नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

मंगलबार बसेको सचिवालय बैठकले बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । तर प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएको हो ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले एमाले सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रधानमन्त्री दाहालसमक्ष राजीनामा पत्र बुझाउने जानकारी दिए । एमालेबाट सरकारमा आठ जना मन्त्री सहभागी छन् ।

प्रकाशित: २० असार २०८१, बुधबार १३:०६

Leave a Reply