No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बम्जनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने फैसला

0

सर्लाही । बाल यौन दुव्र्यवहार दोषी ठहर भएका आफूलाई तपस्बी बताउने रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।

सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले बम्जनलाई १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

बम्जनलाई असार १० गते भण्डारीकै इजलासले दोषी ठहर गरेको थियो । बम्जन विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मलंगवाले भने १२ देखि १४ वर्षसम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोग पत्र दायर गरेको थियो ।

गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा छन् । सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई काठमाडौंको बुढानिलकण्ठबाट गत पुस २४ गते मंगलबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित: १८ असार २०८१, सोमबार १२:४१

Leave a Reply