No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जनताले म प्रधानमन्त्री बनेको देख्न चाहनु राम्रो कुरा होः अध्यक्ष ओली

0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू यो वर्ष प्रधानमन्त्री नबन्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दैै अध्यक्ष ओलीले आफूलाई यो वर्ष प्रधानमन्त्री बन्छु जस्तो नलागेको बताएका हुन् ।

उनले भने, ‘यसवर्ष त त्यस्तो लाग्दैन मलाई । जनताले म प्रधानमन्त्री बनेको देख्नु राम्रो कुरा हो ।’ गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटपछि सत्तासमीकरणमा फेरबदल आउन लागेको चर्चा चलेको छ ।

भेटमा देउवाले ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको बताइएको छ । त्यसपछि आइतबार र सोमबार ओली र प्रचण्डबीच घण्टौं छलफल भएको छ ।

प्रकाशित: १८ असार २०८१, सोमबार ११:५२

Leave a Reply