No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलमा विद्वान गुरुङ नियुक्त

0

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना दुई भातृ संगठनको तदर्थ समिति गठन गरेको छ । कांग्रेसले नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा दुजाङ शेर्पा र नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ्ग नियुक्त गरेको हो ।

गत फागुन ३ गते बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवालाई भातृ संस्थामा रिक्त रहेका र स्वतः विघटन भएका संस्थाहरुको तदर्थ समिति गठन गर्ने अधिकार दिएको थियो ।

सोहीका आधारमा बुधबार देउवाले नेविसंघ र तरुण दलमा नेतृत्व चयन गरेका हुन् । तदर्थ समितिले स्थानीय, प्रदेश र संघको निर्वाचन सकिएको तीन महिनापश्चात अधिवेशन गरिसक्नुपर्ने कांग्रेसले जनाएको छ ।

प्रकाशित: ९ चैत्र २०७८, बुधबार १३:१९

Leave a Reply