No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सांसदहरुलाई ओलीको निर्देशनः नेता जस्तो होइन, कार्यकर्ता जस्तो भएर घरदैलोमा पुग्नुस्

0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदलाई कार्यकर्ता जस्तो भएर निर्वाचनमा खटिन निर्देशन दिएका छन् । बुधबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले एक्लै चुनावी मैदानमा उत्रिने भएकाले सांसद नेता जस्तो नभइ कार्यकर्ता जस्तो भएर घरदैलोमा पुग्न निर्देशन दिएका हुन् ।

ओलीको भनाई उदृत गर्दै संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘अध्यक्षज्यूले सांसदहरुलाई नेता जस्तो नभई, कार्यकर्ता जस्तो भएर जनताको घरदैलोमा पुग्न निर्देशन दिनुभएको छ।’

अध्यक्ष ओलीले पार्टीले स्थानीय तहको निर्वाचनमा साठीदेखि ७० सिटमा जित्ने दाबी गरेका छन् । उनले स्थानीय तहको निर्वाचनमा टिकट वितरण गर्दा अन्याय हुन नदिने र चुनाव जित्नेबाहेक अरु उद्देश्य राख्न नुहने बताए ।

उनले भने, ‘जसले अहिले जितेर राम्रो काम गरिरहेका छन् उनीहरूलाई नै पहिलो प्राथमिकता दिने हो । कतै नराम्रो गरेकालाई बदमासी गरेकालाई परेछ भने गल्ती सच्याइँन्छ, कसैमाथि अन्याय हुन दिइन्नँ।’

उनले संसद अधिवेशन हठात अन्त्य गर्नुले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लम्ब्याउने र अदालत प्रयोग गरेर आफू अनुकूल काम गर्ने उद्देश्य लुकेको हुनसक्ने बताए ।

प्रकाशित: २ चैत्र २०७८, बुधबार १२:१२

Leave a Reply